भारतमा कोरोना भाइरस विरुद्धको खोपको मूल्य निर्धारण | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

भारतमा कोरोना भाइरस विरुद्धको खोपको मूल्य निर्धारण

एजेन्सी । भारतमा कोरोना भाइरस विरुद्धको खोपको मूल्य निर्धारण गरिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले निजी अस्पतालहरुमा कोरोना भाइरस विरुद्धको खोपको उपभोक्ता मूल्य निर्धारण गरेको हो ।

मन्त्रालयका अनुसार कोभाक्सिन र कोभिसिल्डको अधिकतम मूल्य प्रति डोज क्रमशः १ हजार ४ सय १० र ७ सय ८० भारतीय रुपैयाँ सम्म लिन पाइने भएको छ । यस्तैगरी रुसमा निर्माण भएको स्पुतनिक–भी खोपको मूल्य प्रति डोज १ हजार १ सय ४५ भारतीय रुपैयाँ तोकिएको छ ।

तोकिएको मूल्य भन्दा बढी लिनेलाई कारबाही गरिने मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । यसैगरी मन्त्रालयले सम्बन्धित निकायलाई निजी संस्थाहरुले खोप मूल्य कस्तो लिइरहेको भन्ने विषयमा अनुगमन गर्न निर्देशन समेत दिएको छ ।

यसअघि सरकारले कुल ४४ करोड खोप खरिदका लागि उत्पादक कम्पनीसँग सहमती गरिरहेको छ । यसका लागि ३० प्रतिशत रकम अग्रिम भुक्तानी समेत गरिसकेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);