एजेन्सी, २७ कात्तिक । हङकङका सुरक्षाकर्मीले मुलुकको कानुनी शासन पूर्ण रुपमा ध्वस्त हुने संघारमा पुगेको चेतावनी दिएका छन् । पाँच महिनादेखि जारी सरकार विरोधी प्रदर्शनका कारण कानुनी शासन सरकारको नियन्त्रणभन्दा बाहिर जाने अवस्थामा पुगेको चेतावनी दिएका हुन् ।
हङकङको जेलमा रहेका नागरिकलाई मुख्य भूमि चीनसमक्ष सुपुर्दगी गर्न अनुमति दिने एउटा विधेयकको विरोधमा गत जुन महिनामा सुरु भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि हङकङमा पछिलो समय तनाव बढेको हो । विधेयक सरकारले फिर्ता लिइसकेपनि विरोधहरु वृहत प्रदर्शनमा परिणत भएका हुन् । प्र
दर्शनकारीले पछिल्लो समय भने नागरिक स्वतन्त्रता र हङकङ प्रहरीलाई जिम्मेवारका साथै उत्तरदायी बनाउनुपर्ने माग गर्दै आएका छन् ।पछिल्ला दिनहरुमा भइरहेका प्रदर्शनले हिंसात्मक रुप लिँदा दर्जनौ घाइते भएका छन् । उता प्रहरीले भने नकावधारी प्रदर्शनकारीले जथाभावी रुपमा हिंसा बढाइरहेको आरोप लगाएको छ ।
सरकारले केही महिना अघि नै सार्वजनिक स्थलमा नकाव लगाएर हिँड्न प्रतिवन्ध लगाएको थियो । तर उक्त सरकारी निर्णयको उल्लंघन गर्दै प्रदर्शनकारीले नकाव लगाएर प्रदर्शन जारी राखेपछि बल प्रयोग गर्नुपरेको सुरक्षाकर्मीहरुले जनाएका छन् ।




