हेज्बुल्लाहद्वारा इजरायलमा एन्टी–ट्याङ्क रकेट प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हेज्बुल्लाहद्वारा इजरायलमा एन्टी–ट्याङ्क रकेट प्रहार

एजेन्सी, १६ भदौ । लेबनानको शिया मुसलमान बिद्रोही समूह हेज्बुल्लाहले इजरायलमा एन्टी–ट्याङ्क रकेट प्रहार गरेको छ ।

हेज्बुल्लाहले इजरायलको उत्तरी क्षेत्रमा रेकट आक्रमण गरेको हो । इजरायलले गएको हप्ता बेरुतमा ड्रोन आक्रमण गरेको खबर थियो । त्यसको प्रतिक्रिया स्वरुप हेज्बुल्लाहले रकेट आक्रमण गरेको हो ।

इजरायली आर्मीको बेसक्याम्प तथा सैन्य बहानलाई लक्षित गरी रकेट आक्रमण भएको इजरायली सेनाको स्रोतले पुष्टि गरेको छ । इजरायली आर्मीले लेबनानको दक्षिणी क्षेत्रलाई लक्षित गरी जवाफी आक्रमण गरेको छ ।

हेज्बुल्लाहले इजरायलमा धेरैको मृत्यु भएको या घाइते भएको दाबी गरेको छ । तर इजरायलले भने कोही पनि घाइते नभएको बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);