उत्तर कोरियाद्वारा आणविक भट्टी सुचारु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

उत्तर कोरियाद्वारा आणविक भट्टी सुचारु

एजेन्सी । उत्तर कोरियाले आफ्नो एक महत्वपूर्ण आणविक केन्द्र सुचारु गरेको छ । प्योङयाङले योङबायोन आणविक केन्द्र सुचारु गरेको राष्ट्रसंघको आणविक निकायले जनाएको हो । केन्द्रबाट आणविक विस्फोटमा प्रयोग हुने प्लुटोनियम उत्पन्न भइरहेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) ले जनाएको हो ।

योङवायोन आणविक भट्टीबाट जुलाईदेखि चिसोपानी बगिरहेकाले उत्तरले आफ्ना आणविक गतिविधि सुचारु गरेको पुष्टि भएको आइएइएको भनाइ छ । पाँच मेगावाट रेक्टरको योङवायोन केन्द्र उत्तर कोरियाको महत्वपूर्ण आणविक भट्टी हो ।

सन् २०१८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेता किम जोङ उनबीचको भेटवार्तापछि सो आणविक भट्टीलाई प्योङयाङले बन्द गरेको थियो। । आइएइएका अनुसार सो केन्द्र परिसरमा रेडियो केमिकल प्रयोगशाला छ । केन्द्र विगत पाँच महिनादेखि सञ्चालनमा आएको जनाइएको छ ।

केन्द्र वरपर भएका गतिविधि राष्ट्रसंघको सुरक्षा परिषदको निर्णयविपरीत भएको आइएइएले जनाइएको छ । यसैबीच, दक्षिण कोरियाले उत्तर कोरियाका गतिविधिलाई चासोपूर्वक हेरेको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);