स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा विरामी भएका गाईहरूको हेलिकप्टरबाट उद्धार | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा विरामी भएका गाईहरूको हेलिकप्टरबाट उद्धार

एजेन्सी । स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा विरामी भएका गाईहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई विरामी भएपछि हेलिकप्टरबाट ल्याइएको हो। घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पु¥याइएको हो।

हेलिकप्टरको डोरीमा बाँधेर ल्याइएका गाईलाई जमिनमा झार्न केही किसानहरू उपस्थित थिए। सो ठाँउमा अरु यातायात संभव थिएन । सडक नभएका कारण मोटर गाडी जान सकेको थिएन । हेलिकप्टर ढुवानीनै एक मात्र विकल्प भएकाले हेलिकप्टरबाट उद्धार गरिएको हो ।

हिमाली मैदानमा चर्न गएका झन्डै १ हजार गाई हिँडेरै तल झर्दैछन्। ती गाईहरूलाई केही दिनपछि हुने काउ परेडमा सहभागी गराइनेछ। त्यहाँ बर्षेनी गाई परेड गराईन्छ ।

Leave a Reply

ताजा समाचार