उच्च रक्तश्राव भएपछि सुत्केरीको हेलिकप्टरबाट उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

उच्च रक्तश्राव भएपछि सुत्केरीको हेलिकप्टरबाट उद्धार

बाजुरा, ८ फागुन । बाजुराको गौमुल गाउँपालिका १ अन्द्राणीकी २२ वर्षीया सुत्केरी अन्जना बोहरालाई उच्चरक्तश्राव भएपछि उद्वार गरी हेलिकाेप्टरबाट काठमाडौं ल्याइएको छ ।

फागुन २ गते घरमै बच्चा जन्माएकी अन्जना बोहराको उच्च रक्तश्राब भएपछि एकहप्तादेखि घरमै थला परेकी थिईन् । अन्द्राणीमा रहेको उनको घरबाट स्वास्थ्य चौकी अम्लीस जान करिब ५ घन्टा बढी लाग्ने भएकोले उनलाई घरमै राखिएको थियो ।

सुत्केरी भएकी बोहराले बच्चालाई जन्म दिईसकेपछि साल झरेको थिएन । जसका कारण उच्च रक्तश्राव भइ उनी सिकिस्त विरामी भएकी थिइन् । ज्यानै जाने अवस्था आएपछि सरकारको सहयोगमा उद्धार भएको उनका आफन्त रामबहादुर बोहराले जानकारी दिए ।

बुधबार गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाको पहलमा हेलिकप्टर मार्फत सुत्केरी बोहरालाई काठमाडौ लगिएको हो । उनको रगत धेरै बगिसकेकोले जिल्ला अस्पतालमा समेत उपचार गर्न सम्भव थिएन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);