मुखियाको शव वेवारिसे अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मुखियाको शव वेवारिसे अवस्थामा फेला

जनकपुरधाम, ८ फागुन । जनकपुरधाममा एक जना फर्निचर बनाउने मिस्त्रीको बेवारिसे अवस्थामा शव फेला परेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका– १७ कटरैत बस्ने ३२ वर्षीय रामरतन मुखियाको शव वेवारिसे अवस्थामा फेला परेको हो ।

बुधवार बाँसबारीेमा स्थानीय बासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरीले अनुसन्धान थाली शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल पठाएको प्रहरी उपरिक्षक शेखर खनालले बताए ।

मंगलवार राति करिब ८ बजे खाना खाएर घरबाट निस्केका मुखियाको हत्या भएको उनको परिवारजनको आशंका छ । तर, प्रहरीले भने घटनाको अनुसन्धानपछि मात्र केही भन्न सकिने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);