राप्तीमा फसेका १२ जनाको उद्धार : जो ४८ घण्टा रूखमा चढेर बाँचे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बाँके, २ भदौ । अविरल वर्षासँगै आएको बाढीले पूर्वी र मध्यतराई बढी प्रभावित भयो । बाढी र पहिरोमा परेर देशभर ९० भन्दा बढीको मृत्यु भएको पुष्टि भइसकेको छ, कतिपयको उद्धार जारी छ भने केही अझै बेपत्ता छन् । बाँकेको फत्तेपुरमा राप्ती नदीको बाढीमा फसेका १२ जनाको ४८ घण्टापछि सोमबार दिउँसो उद्धार भयो।

 

बाढीको घेराबन्दीमा परेपछि एउटा टापुमा कष्टकर पल बिताउन बाध्य भएका राप्ती–सोनारी गाउँपालिका–७ का निब्रु पासी, अल्लु पासी, भगत पासी, गोपाल अहिर, बर्कौ पासी, सुम्रन पासी, लछुराम अहिर, जलेश्वर अहिर, ओमकार अहिर, झल्लर अहिर, रामसनही मल्ला र नोखु मल्लाको उद्धार भएको हो । आखिर कसरी फसे बाढीमा उनीहरू रु बाढीले घेरेको टापुमा उनीहरूको ४८ घण्टा कसरी बित्यो रु नयाँ पत्रिकाका विश्वराज पछल्डङ्ग्यासँग पीडित १२ मध्येका निब्रु पासीले ४८ घण्टाको भोगाइ सुनाएका छन्।

 

राप्तीको भेलमा यसरी फसियो
गएको शुक्रबार दिउँसो गाई–भैँसी लिएर राप्तीपारि गएका थियौँ । हाम्रो गाईगोठ त्यता पनि छ । कहिलेकाहीँ नदीपारि गाई–भैँसी चराएर त्यतै बाँध्ने पनि गर्छौं । हामी पनि त्यतै बस्छौँ ।

 

घर भएको ठाउँमा चरिचरनको व्यवस्था नभएकाले राप्तीपारिको क्षेत्रलाई हामीले गाई–भैँसी चराउने इलाकाका रूपमा प्रयोग गर्दै आएका थियौँ । यो समयमा घर भएको ठाउँमा चरनको व्यवस्था नभएकाले प्रायः नदीपारि नै लैजाने गरेका हौँ । सधैँ यता–उता गर्न समस्या हुने भएकाले त्यतै गोठ पनि बनाएका थियौँ।

 

हामी १२ छिमेकी परिवारले नै नदीपारिको क्षेत्रलाई सामूहिक चरन बनाएका हौँ । रातिमा चरन क्षेत्रमै गाई–भैँसी राख्दा हामीहरू पनि सँगै बस्थ्यौँ। नदीले बनाएको टप्पु क्षेत्रमा हाम्रो गोठ थियो । र, त्यो दिन (शुक्रबार) पनि उतै बस्ने योजना बनाएका थियौँ । आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);