बाढीले बाजुराका चार घर बगायो, २३ जनाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बाढीले बाजुराका चार घर बगायो, २३ जनाको उद्धार

धनगढी। मंगरबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुराको बुढीगंगामा आएको बाढीले चार घर बगाएको छ । बाढीमा फसेका २३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार बडिमालिका नगरपालिका-२ भौनेरामा आएको बाढीका कारण चार घर बगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको घर पूर्ण रूपमा बगाएको छ भने अम्मराज पण्डित र तर्कराज पण्डितको आधा बगाएको छ ।

यस्तै, नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीको टोलीले बाढी प्रभावित २३ जनाको उद्धार गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);