ललितपुर क्षेत्रमा विद्यालय खोल्ने तयारी, महानगरले दियो अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

ललितपुर क्षेत्रमा विद्यालय खोल्ने तयारी, महानगरले दियो अनुमति

lalitpur

काठमाडौं, २४ मंसिर । ललितपुर क्षेत्रमा विद्यालय खुल्ने भएको छ । ललितपुर महानगरपालिकाले अनुमति दिएसँगै विद्यालय खुल्ने भएको हो । महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले विद्यालय खुला गर्ने अनुमति दिएको हो ।

विद्यालयले विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक समिति, वडा कार्यालयसँग समन्वय गरी विद्यायलय खोल्न पाउनेछन् ।

विद्यालय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड र विद्यालय सञ्चालन कार्यविधि पालना गर्ने गरी अनुमति दिइएको बताइएको छ । महानगरमा सामुदायिक र संस्थागत गरी झण्डै दुई सय पचास विद्यालय छन् । ती मध्ये ४० सामुदायिक विद्यालय हुन् ।

महालक्ष्मी नगरपालिकाले पनि हरेक विद्यालयलाई सरकारले जारी गरेको निर्देशिका अनुरुप आफ्ना विद्यालयको भौतिक पूर्वाधार र विद्यार्थी संख्याको अध्ययन गरी नगर शिक्षा शाखामा प्रस्ताव पेश गर्न आग्रह गरेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);