फेसबुकमा गालीगलौज आरोपमा कलाकार पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

फेसबुकमा गालीगलौज आरोपमा कलाकार पक्राउ

deskh bkhata khanal

काठमाडौँ, २७ भदौ ।  फेसबुकमा कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई गालीगलौज गरेको आरोपमा प्रहरीले कलाकार एवं चलचित्र निर्देशक देशभक्त खनाललाई पक्राउ गरेको छ ।

उनलाई मंगलबार बिहान पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु लगिएको छोरा अभ्युदय खनालले बताए । अभ्युदयका अनुसार तीन वर्षअघि रामकेशरसँग देशभक्तले खरिद गरेको जग्गामा किचलो आएको थियो । निजी गुठी मिसिएको जग्गा थाहा नदिई किनाएको भन्दै देशभक्तले रामकेशरविरुद्ध फेसबुकमा लेखेका थिए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);