कोभिडबारे फेसबुकमा पोस्ट गरेकी चिनियाँ पत्रकारलाई रिहा गर्न अमेरिकाको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोभिडबारे फेसबुकमा पोस्ट गरेकी चिनियाँ पत्रकारलाई रिहा गर्न अमेरिकाको माग

एजेन्सी । डेढ बर्षदेखि थुनामा रहेकी एक चिनियाँ पत्रकारलाई रिहा गर्न अमेरिकाले चीनसँग माग गरेको छ । कोभिडबारे समाचार तयार पारेर फेसबुकमा पोस्ट गरेको आरोपमा पक्राउ परेकी झाङ झानलाई तत्काल रिहा गर्न अमेरिकाले चीनसँग माग गरेको हो ।

उनलाई गैरकानुनी ढंगले थुनामा राखिएको र झानको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै अमेरिकाले उनको रिहाइको माग गरेको हो ।  वुहानमा कोभिड १९ बारे समाचार संकलन गर्ने क्रममा उनलाई गत वर्षको मे महिनामा चीन सरकारले पक्राउ गरेको थियो । पक्राउपछि सरकारले उनलाई  चार बर्ष जेल सजाय तोकेको थियो । 

उनले जेलभित्रै अनियमित भोक हड्ताल गर्दै आएकी छिन् । हड्तालका कारण झानको स्वास्थ्य अवस्था निकै बिग्रिएको बताइएको छ । ‘झानलाई स्वेच्छाचारी ढंगले थुनामा राखेको र कारागारमा दुव्र्यवहार गरेको विषयप्रति हामीले चीन सरकारको ध्यानाकर्षण गर्दैैै आएका छौं,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने । 

उनको निःशर्त रिहाइ गर्न पनि अमेरिकाले चीनसँग माग गरेको छ ।  पूर्ववकिलसमेत रहेकी झान सन् २०२२ को फेब्रुबरीमा वुहानको भ्रमण गरेकी थिइन् ।  महामारीको समयमा त्यहाँको जनजीवनबारे अनलाईनमा एउटा लेख पढेपछि उनी वुहान पुगेकी थिइन ।  

उनले वुहानका सडक र अस्पतालको वास्तबिकताबारे एउटा रिपोर्ट तयार पारेर सामाजिक संजाल फेसबुकमा पोस्ट गरेकी थिइन् । सरकारी अधिकारीहरुको चेतावनीबीच उनले फेसबुकमा पोस्ट गरेकी थिइन् । पक्राउ परेपछि उनले जेलभित्रै भोक हड्ताल गर्दैै आएकी छिन । भोक हड्तालका कारण उनको तौल निकै घटेको विवरणमा जनाइएको छ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);