टेस्लाको सेयर मूल्यमा गिरावट | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

टेस्लाको सेयर मूल्यमा गिरावट

nepse

एजेन्सी । विद्युतीय कार निर्माता कम्पनी टेस्लाको सेयर मूल्यमा गिरावट आएको छ । कम्पनीका मालिक एलन मस्कले गरेको एउटा मत सर्वेक्षणमा ट्विटर प्रयोगकर्ताले मस्कले १० प्रतिशत सेयर बिक्री गर्नुपर्ने बताएपछि कम्पनीको सेयर मूल्यमा ४ दशमलब ९ प्रतिशले गिरावट आएको हो ।

ट्विटरमा भएको एउटा मत सर्वेक्षणका मतदाताहरूले मस्कलाई १० प्रतिशत सेयर बिक्री गरेर कर तिर्न अनुरोध गरेका थिए । मस्कले करिव २१ अर्ब डलर बराबरको सेयर बेच्नुपर्ने हुन सक्छ । मस्कले सञ्चालन गरेको सर्वेक्षणमा ३५ लाख ट्विटर प्रयोगकर्ताले मतदान गरेका थिए । उनीहरुमध्ये ५८ प्रतिशत मतदाता मस्कले सेयर बिक्री गर्नुपर्ने पक्षमा उभिएका थिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);