ट्विटर सर्वेक्षणको मस्कले किन गरे शंका ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

ट्विटर सर्वेक्षणको मस्कले किन गरे शंका !

न्युर्योक । एलोन मस्कले आफैले गरेको ट्विटर सर्वेक्षणको विश्वसनीयतामा शंका गरेका छन् । सर्वेक्षणमा बहुमतले उनले कम्पनीको सीईओको पद छोड्नुपर्ने बताएका थिए ।
अक्टोबर २७ मा प्लेटफर्मको मालिक बनेका मस्कले पहिले चुनावको नतिजाको पालना गर्ने बताएका थिए । तर ट्विटको एक श्रृंखलामा अर्बपतिले भोट बटद्वारा धाँधली भएको हुन सक्ने आशंका गरेका छन् ।

सोमबार सार्वजनिक भएको सर्वेक्षणको नतिजामा ५७ प्रतिशत मतदाता अर्थात् १ करोडले ४४ अर्ब डलरमा कम्पनीको स्वामित्व लिएका मस्कले आठ हप्तापछि पद त्याग गर्नुपर्ने पक्षमा मतदान गरेका थिए ।

यदि मस्कले नतिजा पालन गर्ने हो भने ट्वीटरमा उनको नेतृत्वका अराजक गतिविधि अन्त्य हुनेछन्। झन्डै दुई महिना लामो अवधिमा उनले शीर्ष अधिकारीहरूलाई बर्खास्त गर्ने, करिब आधा कर्मचारीहरू र विज्ञापनदाताहरूलाई हटाएका छन्।

मस्कले ब्लु टिक प्रमाणिकरणका लागि शुल्क लिनेदेखि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै विवादास्पद व्यक्तित्व र संगठनहरूमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेका छन् ।

यसैबीच, पोलिंग कम्पनी ह्यारिसएक्सले मंगलबार ट्वीटर प्रयोगकर्ताहरूको आफ्नै सर्वेक्षण ट्वीट ग¥यो, जसमा ६१ प्रतिशत उत्तरदाताहरूले मस्कलाई सीईओको रूपमा रहन मतदान गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);