फेसबुकमा महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

फेसबुकमा महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा पक्राउ

facebook

काठमाडौं, ३० फागुन । सामाजिक सञ्जाल फेसबुकमा महिला र युवतीलाई साथी बनाएर पैंसाका लागि धम्काएको आरोपमा चितवन प्रहरीले एकजनालाई गिरफ्तार गरेको छ ।नवलपुरको कावासोती घर भइ भरतपुर महानगरपालिका–१२ राधाकृष्णचोकमा बस्दै आएका सुविन केसी भनिने तीर्थ सापकोटालाई चितवन प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालका अनुसार सापकोटाले केही महिनायता महिला र युवतीहरुलाई फेसबुकमा साथी बनाउँदै फोटोहरु संकलन गरेर अश्लिल भिडियो बनाएर फोटो र भिडियो उनीहरुलाई देखाउँदै पैसा माग्दै आएका थिए । उनले भरतपुर–२२ पटिहानीकी एकजना युवतीबाट ५० हजार रुपैयाँ लिइसकेको प्रहरीले जनाएको छ ।

‘गत माघमा ५० हजार रुपैयाँ लिएपछि फेरि पनि दुईवटा मोबाइल फोन नम्बरबाट ती युवतीलाई पटक पटक फोन गरी तीन लाख रकम माग गरेको खुल्न आएको छ,’ डीएसपी ढकालले भने । पैंसा नदिए अश्लिल फोटो र भिडियो फेसबुकमा राख्ने धम्की दिदैँ आएपछि पीडित युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् ।

उजुरीपछि छानबिन र खोजी सुरु भएको थियो । सापकोटालाई मंगलबार भरतपुरको हाकिमचोकबाट पक्राउ गरेका हो ।

यो खबर आजको कान्तिपुर दैनिक मा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);