अन्डाको भाउ बढ्यो,प्रति क्रेट कति पुग्यो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अन्डाको भाउ बढ्यो,प्रति क्रेट कति पुग्यो ?

egg

काठमाडौं, ७ असोज । नेपाली बजारमा अण्डाको मुल्य बढेको छ । व्यापारीहरूले क्रेटमै १ सय २० रूपैयाँले भाउ बढाएका हुन् । यता नेपाल अण्डा उत्पादक संघले भने मूल्य नबढाएको बताएको छ । तर व्यापारीहरूले आफूखुसी भाउ बढाउँदा उपभोक्ता मर्कामा परेका छन् । संघले पछिल्लो दुई महिना यता अण्डाको मूल्यमा हेरफेर नगरिएको जनाएको छ ।

पछिल्लो पटक तोकेको मूल्य अनुसार अण्डाको फार्म रेट प्रतिक्रेट ४२५ र बिक्री रेट ४३० रहेको छ भने मिडियम अण्डाको फार्म रेट ४०५ र बिक्री रेट ४१० रहेको संघले जनाएको छ । संघका अनुसार खुद्रा प्रतिगोटा १७ रूपैयाँ र क्रेटमा ४ सय ८० रूपैयाँसम्म पर्न जान्छ । तर अहिले बजारमा क्रेटमा ५५० सम्म मूल्य लिने गरिएको छ । पहिलेको तुलनामा अहिले अण्डा उत्पादन भने घट्दै गएको तथ्याङक छ ।

पहिला दैनिक ४४÷४५ लाख वटा अण्डा उत्पादन हुने गरेकोमा अहिले ३१ देखि ३२ लाखसम्म मात्रै उत्पादन हुन थालेको छ । चितवन, मकवानपुर, नवलपरासी, दाङ, झापा, मोरङलगायतका जिल्लाहरूमा व्यावसायिकरूपमा अण्डा उत्पादन हुँदै आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);