कुखुराको अण्डाको मुल्य प्रतिगोटा १२ रुपैयाँ | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

कुखुराको अण्डाको मुल्य प्रतिगोटा १२ रुपैयाँ

egg

काठमाडौं, ६ असोज । सोमवारदेखि कुखुराको अण्डाको नयाँ मूल्य निर्धारण गरिएको छ । नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घ केन्द्रीय समितिले अण्डाको नयाँ मूल्य कायम गरेको हो ।

सङ्घले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी किसान र व्यवसायी बीचको सहमतीपछि नयाँ मुल्य निर्धारण गरिएको जनाएको हो । नयाँ मूल्य अनुसार अबदेखि उपभोक्ताले प्रतिगोटा १२ रुपैयाँमा अण्डा पाउनेछन् । नयाँ मुल्य अनुसार विक्रिवितरण नगर्नेलाई कार्वाही गर्र्ने संघले जनाएको छ ।

नयाँ मुल्य लागु गर्न व्यवसायी र किसानको तर्फबाट ७÷७ सदस्ययीय अलग-अलग समिति गठन गरिएको छ । किसानहरुले लामो समयदेखि अण्डाको मूल्य नपाएको भन्दै गुनासो गर्दै आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);