मंगलबार पनि सुनको मूल्यमा गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मंगलबार पनि सुनको मूल्यमा गिरावट

काठमाडौं, ९ चैत । स्थानीय बजारमा मंगलबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सुनको मूल्य मंगलबार तीन सय रुपैँयाले घटेर ८६ हजार ७ सय निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ८७ हजार रुपैँयामा कारोबार भएको थियो । सोमबार पनि सुनको मूल्य प्रतितोला दुई सय रुपैँयाले सस्तिएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा पनि मंगलबार सामान्य गिरावट आएको छ ।

सोमबार प्रतितोला एक हजार २ सय ६० रुपैँयामा कारोवार भएको चाँदीको मूल्य मंगलबार १० रुपैँयाले घटेर एक हजार २ सय ५० रुपैँया निर्धारण भएको महासंघले जनाएको छ । सोमबार पनि सुनको मूल्य प्रतितोला २० रुपैँयाले सस्तिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);