सुनको मूल्यमा सामान्य गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, ३१ चैत । नेपाली बजारमा मंगलबार सुनको मुल्यमा एक सय रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्यमा एक सय रुपैँयाले घटेर ८९ हजार ५ सय रुपैँया निर्धारण गरिएको छ । यसअघि सोमबार सुन प्रतितोला ८९ हजार ६ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यसैगरी मंगलबार चाँदीको मूल्यमा १५ रुपैँयाको गिरावट आएको छ । सोमबार प्रतितोलाको एक हजार २ सय ७५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य मंगलबार एक हजार २ सय ६० रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);