बैंकमा सेयर धितो राखेर कर्जा लिनेको संख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बैंकमा सेयर धितो राखेर कर्जा लिनेको संख्या बढ्दै

loan

काठमाडाैं, ९ चैत । एक वर्षको यो अवधिमा बैंकमा सेयर धितो राखेर कर्जा लिनेहरुको संख्या ह्वात्तै बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले जनाएको छ । यो अवधिमा शेयर धितो कर्जा ७० दशमलव ५७प्रतिशतले वृद्धि भएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको बितेका ७ महिनाको तथ्यांक अनुसार बैंक तथावित्तीय संस्थाले ७७ अर्ब ३५ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको माघ मसान्त सम्ममा यस्तो कर्जा रकम ४५ अर्ब ३५ करोड ३१ लाख रुपैयाँ बराबरको मात्रै थियो ।

बैंकहरुले सेयर धितोमा कर्जा प्रवाह बढाएकै कारण सेयर बजारमा लगानीकर्ताको हुल बढेको छ । राष्ट्र बैंकको तथ्यांकले, पछिल्ला केही महिना यता बैंकहरुबाट प्रवाह भएको कर्जामध्ये सेयर धितोमा जाने कर्जा अनुपातमा वृद्धि भएको बताएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले गत असार मसान्तसम्म ५० अर्ब ४० करोड ९७लाख रुपैयाँमात्र सेयर धितो कर्जा प्रवाह गरेकाथिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);