नेप्से सोमबार २४ दशमलव ०८ अंकले घट्याे | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८३, शुक्रबार

नेप्से सोमबार २४ दशमलव ०८ अंकले घट्याे

stock_exchange_nepse-e1528283604277

काठमाडाैं, ९ चैत । आइतबार सुधारात्मक देखिएको नेप्से सोमबार भने २४ दशमलव ०८ अंकले घटेर २हजार ५ सय १४ दशमलव३९ विन्दुमा अडिएको छ । सोमबार शेयर बजारमा५ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

२११ कम्पनीको १ करोड ९ लाखभन्दा बढी कित्ताकारोबार भएको छ । आजको कारोबारमाहोटेल तथापर्यटन र हाइड्रोपावर समूहले अन्य समुहलाई पछाडि पारेका छन् । बिगत केही दिनयताबाट सुधारोन्मुख रहेको सेयर बजारमाट्रेडरहरुको हालीमुहालीगरेको छ।

केहीदिनयता बढेको बजारबाट नाफा बुक गरेका टे«डरहरु बजारमाहावीभएकै कारण सोमबार नेप्से सूचक केहीप्रभावितभएको छ । सोमबार समग्रमाबजार घटे पनि हाइड्रोपावर र होटेल तथापर्यटन समूहभने चम्किएका छन् ।

आजको कारोवारमा हाइड्रोपावर समूह १०१ दशमलव७३ अंकले वृद्धि भएको छ । सबैभन्दा धेरै अपर तामाकोशीको ४६ करोड ९६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रोमा नेपालबंगलादेश बैंक र नेपाललाइफ इन्सुरेन्स परेका छन् ।

Leave a Reply