बढ्दै सुनको मूल्य, कति पुग्यो तोलाको ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बढ्दै सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं, २४ चैत । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा तीन सय रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तीन सय रुपैँयाले वृद्धि भई सुनको मूल्य प्रतितोला ८७ हजार र ५ सय रुपैँया निर्धारण गरिएको जनाएको छ । सोमबार सुन प्रतितोला ८७ हजार २ सय रुपैँयामा कारोबार भएको थियो ।

सुनको मूल्यमा वृद्धि हुँदा आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोलाको एक हजार २ सय ३५ रुपैँयामा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);