नयाँ बर्षमा १५ कम्पनीले ५ करोड ५५ लाख कित्ता आईपीओ निष्काशन गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

नयाँ बर्षमा १५ कम्पनीले ५ करोड ५५ लाख कित्ता आईपीओ निष्काशन गर्दै

IPO

काठमाडाैं, २४ चैत । नयाँ बर्ष २०७८को प्रनरम्भसँगै १५ वटा कम्पनीहरुले झण्डै रू. ५ अर्ब ५५ करोड ४२ लाखभन्दा बढीको ५ करोड ५५ लाख ४२ हजार ६८५ कित्ता आईपीओ जारी गर्ने तयारी गरिरहेको छन् ।

आईपीओ निष्काशनका लागि ११ जलविद्युत् कम्पनी, दुई लघुवित्त कम्पनी र अन्य समुहका दुईवटा कम्पनी रहेको धितोपत्र बोर्डले जनाएको छ । धितो पत्रबोर्डमा भोटेकोशी जलविद्युतले सबैभन्दा बढी १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन अनुमती माग गर्दै निवेदन दिएको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाए लगत्तै कम्पनीहरु आईपीओ जारी गर्ने तयारीमा छन् । पछिल्लो समय आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको खुलेका डिम्याट खाताको संख्याले जनाएको छ ।

हाल मुलुकभर डिम्याट खाताको संख्या ३३ लाख ५३ हजारभन्दा बढि रहेको छ । छोटो समयमा थोरै लगानीबाट आर्कषक प्रतिफल प्राप्त हुनेदेखेपछि आईपीओ प्रति लगानीकर्ताको आकर्षण बढेको हो ।

यसअघि नेपालको पूँजीबजारमा इतिहासमै सबैभन्दा ठूलो आईपीओ नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले निष्कासन गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);