नेपाली बजारमा सुनको मूल्य फेरि बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नेपाली बजारमा सुनको मूल्य फेरि बढ्याे

काठमाडाैं, २८ पुष । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । मगंलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैँयाले बढेको हो ।

सोमबार प्रतितोला ९२ हजार २ सय रुपैयाँले कारोबार भएको छापावाल सुनको मूल्य मगंलबार ९२ हजार ८ सय रुपैँया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी सोमबार प्रतितोला ९१ हजार ७ सय रुपैँयामा कारोबार भएको तेजावी सुन मगंलबार ९२ हजार ३ सय रुपैँया पुगेको छ । त्यसैगरी मगंलबार चाँदीको भाउमा पनि प्रतितोला २० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

सोमबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार १ हजार २ सय ५० रुपैयाँ पुगेको छ । यसअघि आईतबार सुनको मूल्य २३ सयले आरालो लागेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);