आइतबार सेयर बजार पहिलो पटक २२ सय विन्दु भन्दा माथि पुगेर बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आइतबार सेयर बजार पहिलो पटक २२ सय विन्दु भन्दा माथि पुगेर बन्द

stock_exchange_nepse-e1528283604277

काठमाडाैं, २६ पुष । आइतबार शेयर बजार परिसुचक नेप्से सूचक ४१ दशमलव २४ अंकले बढेर इतिहासकै उच्चविन्दु २ हजार २ सय ३५ दशमलव ७२ विन्दुमा बन्द भएकोछ । आइतबार सेयर बजार पहिलो पटक २२ सय विन्दु भन्दा माथि पुगेर बन्द भएको हो ।

त्यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ७ दशमलव २१ विन्दुले उकालो लागेर ४ सय २८ दशमलव ४३ विन्दुमा बन्द भएको हो । नेप्सेमा आइतबार २ सय ७ कम्पनीको ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार रुपैया भन्दा बढीको कारोबार भएकोहो ।

आइतबार कुल १ करोड ५० लाख ३० हजार ८३६ कित्ता सेयर किनबेच भएका छन् । आइतबारको कारोबारमा जीवन बिमा समूहबाहेक बाँकी सबै समूहमा वृद्धि भएको छ । सबैभन्दा धेरै विकास बैंक समूह ८८ दशमलव ४५ अंकले बढेको छ ।

आइतबार कारोबार रकमको आधारमा सबैभन्दा धेरै प्रभु बैंकको ४० करोड २९ लाख ९१ ह्जार रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);