निर्मला हत्या प्रकरण : निलम्बित एसपी बिष्ट साढे १० लाख धरौटीमा रिहा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निर्मला हत्या प्रकरण : निलम्बित एसपी बिष्ट साढे १० लाख धरौटीमा रिहा

nirmala hatya-sp bista riha

कञ्चनपुर, १० चैत । निर्मला पन्त हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट र यातना अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा छाड्न आदेश दिएको छ ।

बिष्टलाई अदालतले आइतबार साढे १० लाखमा धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला न्यायाधीश डाक्टर राजेन्द्रकुमार आचार्यको एकल इजलासले यातना कसुरमा ६ लाख र प्रमाण नष्टमा साढे ४ लाख धरौटीमा छाड्न आदेश गरेको जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी हरिकृष्ण अवस्थीले जानकारी दिए ।

गत मंगलबार अदालतमा उपस्थित भएका विष्टको बुधबार र शुक्रबार थुनछेक बहस भएको थियो । यसअघि अदालतमा उपस्थित भएका ६ प्रहरीलाई पनि धरौटीमै छाड्न आदेश दिएको थियो ।

यातना र प्रमाण नष्टको अभियोग लागेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन डिएसपी अंगुर जिसी भने अझै अदालतमा उपस्थित भएका छैनन् । फागुन २२ गते जिल्ला सरकारी वकिलको कार्यालयले यातना र प्रमाण नष्टको मुद्दा अदालतमा दायर गरेको थियो । बिष्ट धरौटी रकम बुझाएर आइतबारै रिहा भएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);