‘अब सन्दीपलाई क्यानले स्वतः कप्तान फिर्ता दिनुपर्छ’ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘अब सन्दीपलाई क्यानले स्वतः कप्तान फिर्ता दिनुपर्छ’

sandeep

काठमाडौं । उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएसँगै आज रिहा हुन लागेका क्रिक्रेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिमका कप्तान बनाउनुपर्ने उनका वकिलहरुले माग गरेका छन् ।

किशोरी बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । सो आदेश अनुसार सन्दीपले उक्त रकम धरौटी राखेर आज निस्कदैछन् । आज दिउँसो साढे २ दूईबजे सम्ममा सन्दीप रिहा हुदैछन् ।

सन्दीपका कानुन व्यवसायी सरोककृष्ण घिमिरेले राष्ट्रिय टिममा फर्किनसक्ने बताए । सन्दीप थुुनामुक्त भएसँगै उनलाई क्यानले स्वतः कप्तान फिर्ता दिनुपर्ने घिमिरेको भनाइ थियो । घिमिरेले आज अदालतले राखेका शर्त सन्दीपलाई जानकारी गराएका छन् । अब सन्दीप जिल्ला अदालतमा उपस्थित भएर तारेखमा छुट्टनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);