रिहा भएपछि सन्दीपले भने– क्रिकेटमा चाँडै फर्किनेछु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रिहा भएपछि सन्दीपले भने– क्रिकेटमा चाँडै फर्किनेछु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले छिटै क्रिकेटमा फर्किने बताएका छन् ।

करिब तिन महिनाको कारागार बसाइपछि रिहा हुने क्रममा शुक्रबार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् । बलात्कार आरोपित लामिछाने धरौटी तिरेर आज थुनामुक्त भएका छन् ।

बिहीबार उच्च अदालत पाटनले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए । नाबालिका माथि बलात्कारको आरोप लागेपछि क्यानले लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको थियो । सन्दीप रिहा भएसँगै उनी क्रिकेटमा कहिले फर्किएलान भन्ने जिज्ञासा बढेको छ ।

क्यानले सन्दीपलाई टोलीमा फर्काउने विषयमा छलफल सुरु गरिसकेको जनाएको छ । कारागारबाट छुटेपनि सन्दीपबिरुद्धको मुद्दा भने जारी भएकाले सन्दीप राष्ट्रिय टोलीबाट खेल्न नपाउने हुन् की भन्ने आशंका पनि रहेको छ । यसबारेमा क्यानले आइसीसीसँग समेत छलफल गर्नुपर्ने भएकाले केहि समय लाग्ने छ ।

सन्दीपलाई टोलीमा फर्काउने विषयमा क्यान भने सकारात्मक रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);