रिहा भए सन्दीप | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

रिहा भए सन्दीप

काठमाडौं । जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन् ।

विहिबार उच्च अदालत पाटनका न्यायधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको ईजलासले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि सन्दप धरौटी बुझाएर आज रिहा भएका हुन् । अदालतबाट बाहिरिदा हात हल्लाउँदै निक्लिएका लामिछाने खुसी मुद्रामा देखिएका थिए । उनी रिहा हुने खबर पाएका उनका समर्थकहरु उनकोलाई स्वागत गर्न अदालत परिसरमै पुगेका थिए । सन्दीप बाहिरिदा समर्थकहरुले सन्दीपको पक्षमा नारा समेत लगाएका थिए । पक्राउ परेको ९९ दिनपछि मुक्त हुँदा सन्दीप नयाँ ‘लुक्स’ मा देखिएका थिए । जुँगा पालेका सन्दीपले कपाल पालेका छन् । उनले ज्याकेटको रंगसँग मिलाएर ‘हेडब्यान्ड’ समेत लगाएका थिए ।

यस अघि जिल्ला अदालत काठमाण्डौले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । नाबालिगलाई जर्बजस्ती करणीको आरोपमा मुद्दा दायर भएपछि उनीविरुद्ध पक्राऊ आदेश जारी भएको थियो । तर, सन्दीप विदेशमा लामो समय रहेपछि इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको थियो ।

त्यसपछि २० असोजमा स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका थिए । नेपालको क्रिकेट इतिहासमा सन्दीप अहिलेसम्मकै सर्वाधिक सफल खेलाडी हुन् । उनले भारतको आइपिएलका अलावा विश्वका प्रतिष्ठित क्रिकेट लिगहरु खेलिसकेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);