सन्दीपले धरौटी रकम तिरे,साढे २ बजे सम्ममा छुट्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सन्दीपले धरौटी रकम तिरे,साढे २ बजे सम्ममा छुट्दै

काठमाडौं । किशोरी बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज साढे २ बजे सम्ममा रिहा हुने भएका छन् । पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी आज उक्त रकम बुझाएर छुट्ने भएका हुन् । लामिछानेको धरौटी रकम तिरिसकिएको स्रोतले जनाएको छ ।

अहिले रिहाईको प्रक्रिया भइरहेको जनाईएको छ । उच्च अदालतबाट धरौटी बुझाएर तारिख लिएर उनी आज रिहा हुँदैछन ।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश खारेज गर्दै न्यायाधीश द्धय धु्रवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटी माग गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);