केएल राहुलको अर्धशतकमा भारत विजयी, सिरिजमा अपराजित अग्रता | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

केएल राहुलको अर्धशतकमा भारत विजयी, सिरिजमा अपराजित अग्रता

नयाँ दिल्ली । कोलकाताको इडेन गार्डेनमा भएको दोस्रो एकदिवसीय खेलमा भारतले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ । भारतलाई जितका लागि २१६ रनको लक्ष्य थियो, जुन उसले ४३.२ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । भारतका लागि केएल राहुलले अविजित ६४ रनको इनिङ्स खेले । राहुलका अलावा हार्दिक पाण्ड्याले ३६ रनको इनिङ खेले ।

दुवैले पाँचौं विकेटका लागि ७५ रनको साझेदारी गर्दै टीम इन्डियाको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । कुनै बेला ८६ रनको स्कोरमा ४ विकेट गुमाएपछि भारतीय टोली संघर्ष गरिरहेको थियो । यो जितसँगै भारतले ३ खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । श्रीलंकाका लाहिरु कुमारा र करुणारत्नेले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाको टोली भारतीय बलरसामु लाचार देखियो र २ सय १५ रन मात्र बनाएर अलआउट भयो । श्रीलंकाका लागि डेब्यु गरेका नुवानिदु फर्नान्डोले ५० रन बनाए भने कुसल मेन्डिसले ३४ रन बनाए ।

कुनै बेला श्रीलंकाले १७७ रनको स्कोरमा ८ विकेट गुमाएको थियो तर अन्त्यमा डुनिथ भेलागेले ३२ रनको इनिङ्स खेल्दै श्रीलंकाको स्कोर २१५ मा पुर्याएका थिए । भारतका लागि मोहम्मद सिराज र कुलदीप यादवले ३–३ विकेट लिए । यसबाहेक उमरान मलिकले २ तथा अक्षर पटेलले १ विकेट लिए । तीन खेलको सिरिजको तेस्रो र अन्तिम खेल आइतबार तिरुवनन्तपुरममा हुनेछ । सिरिजमा २–० को अग्रता लिएको टीम इन्डियाले उक्त खेलमा इशान किशन र सूर्यकुमार यादव जस्ता खेलाडीलाई मौका दिन सक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);