निर्मला हत्या प्रकरण : आधा दर्जन मुद्दा, मुख्य घटना ओझेलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

निर्मला हत्या प्रकरण : आधा दर्जन मुद्दा, मुख्य घटना ओझेलमा

nirmala ra yagya

कञ्चनपुर, ११ साउन । १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार वर्षदिन पुग्यो । एक वर्षसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन । दोषी पत्ता लगाउन विभिन्न किसिमले अनुसन्धान चलिरहेको सरकारले दाबी गरिरहेकै छ । कसुरदार प्रस्ट नभइसक्दा घटनासँग जोडिएर अदालतमा झन्डै आधा दर्जन मुद्दा परिसकेका छन् । कतिपयले यसलाई घटना अन्तै मोडिन लागेको हो कि भन्ने शंका पनि गरेका छन् ।

अहिले जिल्ला अदालत कञ्चनपुरमा तत्कालीन प्रहरी प्रमुखसहितका नाममा सार्वजनिक न्यायविरुद्ध र यातना कसुरमा दुइटा मुद्दा विचाराधीन छन् । निर्मलाकी आमा दुर्गादेवीले तत्कालीन एसपी डिल्ली विष्टसहित ८ जनाका नाममा प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्यायविरुद्धको कसुरमा जाहेरी दिएकी हुन् । उनकै जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले मुद्दा दायर गरेको हो ।

प्रहरीले मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेर कञ्चनपुरको भीमदत्त–१९ बाग्फाँटाका दिलीप विष्टलाई यातना दिएको थियो । दिलीपका दाजु खड्कले यातना कसुरमा तत्कालीन एसपी विष्टसहित ४ जनाविरुद्ध जाहेरी दिएपछि त्यो मुद्दा पनि अदालतमा छ । आरोपी सबै प्रहरी धरौटीमा छुटिसकेका छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);