चिनियाँ हवाईसेवा कम्पनीको आँखा नेपालमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

चिनियाँ हवाईसेवा कम्पनीको आँखा नेपालमा

hainan-airlines

काठमाडौं, ११ साउन । नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या बढ्दै जाँदा चिनियाँ हवाईसेवा कम्पनीको आँखा नेपालमा केन्द्रित हुन थालेको छ। चीनबाट सातामा ७० वटा उडान गर्ने पाँच वर्षअगाडिको समझदारीलाई अद्यावधिक गरेर सातामा ९८ पु-याइएको छ।

चीनबाट सातामा ७० वटा उडान हुने सन् २०१४ को समझदारीमा उल्लेख छ। अहिले भने सातामा ५६ उडान हुँदै आएका छन्। समझदारीमा हस्ताक्षर भएको पाँच वर्षमा नेपालले चीनमा एउटै उडान गर्न सकेको छैन भने चीनले आक्रामक रुपमा नेपालमा उडान थप गर्दै लगेको छ। नयाँ समझदारीअनुसार अब काठमाडौँमा ७ वटा थप गरेर सातामा ७७ वटा बनाएको छ।

बाँकी २१ वटा पोखरा र गौतम बुद्ध विमानस्थल भैरहवा तयार भएपछि त्यता उडाउने गरी अनुमति दिने समझदारी बनेको बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालले नागरिकलाई बताए। पोखरा र गौतम बुद्ध विमानस्थल निर्माण सम्पन्न भएपछि चीनबाट नेपालमा प्रतिसाता ९८ उडान हुनेछन्। यससम्बन्धी समझदारीमा शुक्रबार हस्ताक्षर भएको हो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);