राष्ट्रिय शक्तिहरुलाई एकतावद्ध बनाएर जान आवश्यकः अध्यक्ष नेपाल | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

राष्ट्रिय शक्तिहरुलाई एकतावद्ध बनाएर जान आवश्यकः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हीतको प्रवद्र्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित ८ दलीय सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यक्ता रहेको बताउनु भयो । उहाँले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्नेकुरालाई केन्द्रबिन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रका सामु अनेकन चुनौतिहरु आइरहेको उल्लेख गर्दै यसलाई ध्यानमा राखेर राष्ट्रिय शक्तिहरुलाई एकतावद्ध बनाएर जान आवश्यक भएको बताउनु भयो ।

अध्यक्ष नेपालले अहिलेसम्म प्राप्त भएका अनुभवहरुलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्ने विश्वास गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);