एकीकृत समाजवादी प्रदेश सरकारहरुमा सहभागि हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

एकीकृत समाजवादी प्रदेश सरकारहरुमा सहभागि हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागि हुने बताउनुभएको छ ।

मंगलवार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी प्रदेश सरकारहरुमा सहभागि हुने बताउनुभएको हो । उहाँले आफूहरु संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागि हुने बताउनु भयो । उहाँले संघ र प्रदेश सरकार दुवैमा आफुहरुको भुमिक हुने उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने बताउनु भयो । उहाँले शिक्षकहरुको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने बताउनु भयो । उहाँले कुनैपनि बालबालिकाहरुलाई विद्यालय बाहिर राख्नु नहुने बताउनु भयो । सबैले कम्तिमा कक्षा १२ सम्म पढ्नसक्ने वातावरण बनाउनुपर्ने बताउनु भयो ।

उहाँले युवाहरुलाई प्राविधिक शिक्षा र प्राविधिक तालिम दिएर सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);