एमाले र पूर्व राजालाई दोष दिएर सरकार उम्कन मिल्दैन्ः गगन थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एमाले र पूर्व राजालाई दोष दिएर सरकार उम्कन मिल्दैन्ः गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखि काम गर्न सरकारलाई सुझाव दिनु भएको छ ।

संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको काँग्रेस सहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उहाँले दोहो¥याउनु भयो । मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्व राजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गर्नु भयो । उहाँले ५ वर्षपछि नेपाली काँग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताउनु भयो ।

महामन्त्री थापाले भन्नु भयो, ‘पाँच वर्षको अवधि छ । मैले भनिरहेको छु– म नेपाली काँग्रेसको एउटा कार्यकर्ता हुँ । संघमा काँग्रेसका सरकार, प्रदेशमा काँग्रेसको सरकार, ४ सय भन्दा बढि ठाउँमा गठबन्धन सरकार छ । अघि पूर्वप्रधानमन्त्रीले भनेर गईसक्नु भएको छ । त्यो ठिक, बेठिक छौंडौं । तर आजको रियालिटी यही हो कि हामी संघमा छौं, केन्द्रमा छौं । अब कसैलाई दोष दिएर पाईदैन । अव भूतप्रेतलाई भनेर पनि पाईन्न । भूतपूर्व राजालाई भनेर पनि पाईन्न । अव नेकपा एमालेले गरेन, अरुले गरेन भन्न पनि पाईन्न । गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नु पर्छ । अवको पाँच वर्ष पछि शिक्षक संघकै अधिवेशनमा आएर नेपाली काँग्रेसको तर्फबाट बोल्दै गर्दाखेरी यो भयो, यो भयो भनेर बोल्न पाएको पो उपलब्धि भो त । जिम्मा हामीले लिने । संघको सरकार हामीले चलाउने । ५ वर्ष देशको सरकार कसले चलाउने ?काँग्रेसले चलाउने । प्रदेश र स्थानीय सरकार हामीले चलाउने । अब कसैलाई दोष पन्छाएर पाईन्न । परिणाम दिनु पर्छ, रिजल्ट चाहिन्छ । त्यो रिजल्ट दिने कुरामा हामी काम गर्छौ ।’

महामन्त्री थापाले शिक्षकहरुको तलव, भत्ता बढाउन पनि सरकारसँग माग गर्नु भयो । शिक्षकहरुलाई खुशी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरुको आवश्यक्ता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाई गर्न नहुने उहाँको भनाई थियो । महामन्त्री थापाले भन्नु भयो, ‘अवको ३÷४ महिना भित्र संघीय शिक्षा ऐन पारित गर्नु पर्नेछ । ऐन त पारित गर्ने र तर ठिक बनेन भने के गर्ने ? यो ऐनले समस्या समाधान गर्नु प¥यो । अब स्कुल मर्जर गरेर नगई हुँदैन । ठूल्ठूला विद्यालय चाहिन्छ । फण्डिङ त्यही अनुसारको चाहिन्छ । शिक्षकलाई खुशी बनाउने गरी उनीहरुको तलव, मान सम्मानमा सरकार पूरै उदार भएर काम गर्नु पर्दछ । अनि मात्रै शिक्षकहरुको काममा पनि उदारताको अपेक्षा गर्न मिल्छ ।’

महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिना भित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरुलाई आग्रह गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);