राष्ट्रपतिका लागि माधव नेपाल योग्यः प्रकाश ज्वाला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

राष्ट्रपतिका लागि माधव नेपाल योग्यः प्रकाश ज्वाला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताउनुभएको छ ।

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद ज्वालाले राष्ट्रपतिका लागि एकीकृत समाजवादी पार्टीको दाबी रहेको बताउनुभएको हो । उहाँले राष्ट्रपतिका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल योग्य भएको बताउनु भयो ।

उहाँले नेपालले संविधान निर्माणमा खेलेको भुमिका, देशको निम्ति गरेको योगदानका कारण उहाँको चर्चा हुनु स्वभाविक भएको बताउनु भयो ।

उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनका लागि उपयुक्त दल आफूहरु भएको र उपयुक्त पात्र पनि अध्यक्ष माधवकुमार नेपाल भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);