काँग्रेसको उम्मेद्वार राष्ट्रपति हुने पर्याप्त वातावरण भएको अर्जुननरसिंह केसीको दाबी | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

काँग्रेसको उम्मेद्वार राष्ट्रपति हुने पर्याप्त वातावरण भएको अर्जुननरसिंह केसीको दाबी

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाली काँग्रेसको उम्मेदवार राष्ट्रपति हुनु राष्ट्रिय हीतको दृष्टिले अनिवार्य भएको बताउनु भएको छ ।

संसद भवनबाट बाहिरिने क्रममा उहाँले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेसको राष्ट्रपति भएमा सबैप्रकारका शक्तिहरुको संयोजन गर्न सक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय सहमतिको दृष्टिकोणले अहिले विकसित भएको अन्तर्राष्ट्रिय घटनाक्रम र नेपाल जो द्वन्द्वात्मक भू–भागको रुपमा विकसित भइरहेको छ । अहिलेको आर्थिक दुरावस्था र अहिले देखिएका आर्थिक विकृतिहरु, त्यसलाई सम्पूर्ण रुपबाट एउटा राष्ट्रिय सहमतिको आधारमा निर्णायक बिन्दुमा पु¥याउनको निम्ति पनि सभामुख एउटा दलको, प्रधानमन्त्री अर्को दलको भएको स्थितिमा नेपाली काँग्रेसको राष्ट्रपति हुँदा नै सबै शक्तिहरुलाई संयोजन गर्नसक्छ र नेपाली काँग्रेसको राष्ट्रपति बन्नु अहिलेको राष्ट्रिय हीतको दृष्टिकोणले पनि अनिवार्य हो भन्ने हाम्रो ठम्याइँ हो ।’

उहाँले काँग्रेसको राष्ट्रपति हुने पर्याप्त वातावरण बनेको दाबी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);