रामचन्द्र पौडेल काँग्रेससहित आठ दलको राष्ट्रपति उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

रामचन्द्र पौडेल काँग्रेससहित आठ दलको राष्ट्रपति उम्मेदवार

काठमाडौं, १३ फागुन । देशको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल नेपाली काँग्रेससहित आठ दलीय गठबन्धनका उम्मेदवार बन्ने भएका छन् । शनिबार विहान काँग्रेस कार्यसम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार तय गरेपछि उनी आठ दलकै साझा उम्मेदवार हुने भएका हुन् ।

यसअघि शुक्रबार विहान आठ दलको बैठक बसी काँग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका थिए । त्यसलगत्तै काँग्रेस बैठक विहान बसेको हो ।

पौडेल नै देशको तेस्रो राष्ट्रपति बन्ने लगभग निश्चित भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र सहितको बहुमत गठबन्धनले पौडेललाई साझा उम्मेदवार बनाउने भएपछि उनको राष्ट्रपति बन्ने सम्भावना निश्चित जस्तै भएको हो ।

काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आठ दलीय नयाँ गठबन्धनमा छन् । राष्ट्रपति चुनावमा बहुमतका लागि २६३१५ आवश्यक पर्नेमा आठ दलको जोड्दा ३१९१७ छ । जुन बहुमतभन्दा धेरै बढी हो । यसकारण पनि काँग्रेसले सारेका उम्मेदवार पौडेलको जीत पक्कापक्की जस्तै बनेको हो ।

पौडेल काँग्रेसका वरिष्ठ नेता हुन् । उनी संसदका पूर्व सभामुख र उपप्रधानमन्त्री समेत भइसके । पौडेललाई सिद्धान्तको राजनीति गर्ने नेताका रुपमा चिनिन्छ । उनको गृहजिल्ला तनहुँ हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);