प्रचण्डले ओलीलाई किनारामा पार्दै, राष्ट्रपतिमा रामचन्द्र कि माधव ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रचण्डले ओलीलाई किनारामा पार्दै, राष्ट्रपतिमा रामचन्द्र कि माधव ?

काठमाडौं । राष्ट्रपति निर्वाचनले विकसित घटनाले नयाँ गठबन्धनले हनिमून अवधि पनि पूरा नगर्ने अवस्था बनेको छ । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विहान र बेलुका दुईपटक चार दलको बैठक गरेर नयाँ राष्ट्रपतिको उम्मेदवार चयनमा आफ्नो निर्णायक भूमिका देखाएका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसहितको चार दलीय गठबन्धन मंसिर ४ को संसदको चुनावमा मिलेर प्रतिष्पर्धामा गएका थिए । प्रधानमन्त्रीको विषयले विवाद हुँदा गठबन्धन टुटेको थियो । तर, राष्ट्रपतिको चुनावले उनीहरुलाई पुनः एउटै बिन्दुमा ल्याइपु¥याउँदैछ ।

नेपाली काँग्रेस र नेकपा एसले चार दलीय गठबन्धनभित्रबाट राष्ट्रपति दाबी गरेका छन् । यी दुई दलबीच कुनै एकले अडान छाडेमा सहमति निस्कनेछ । शुक्रबारको चार दलीय गठबन्धनको बैठकमा सहभागी नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सहमतिमा पुगिने बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई भेट्न जानुअघि संसद भवन बाहिर पत्रकारको प्रश्नमा आफ्नो दलबाट उम्मेदवार रहने बताए । तर, उनले प्रचण्डको साथ पाउने या नपाउनेबारे केही बोलेनन् । त्यसपछि बालुवाटार पुगी प्रचण्डलाई भेटेका उनी निराश भई फर्किएका छन् ।

प्रचण्डले राष्ट्रिय सहमतिको अडान लिदै एमालेका उम्म्ेदवारलाई राष्ट्रपतिमा साथ नदिने स्पष्ट पारेको स्रोतले जानकारी दिएको छ । त्यसलगत्तै चार दलका नेताहरु प्रधानमन्त्रीको सरकारी निवासमा छलफलका लागि पुगे ।

विकसित घटनाक्रमले ओलीलाई किनारामा पार्दै लगेको छ । राष्ट्रपतिमा यसअघि आफ्नो दलका उम्मेदवारलाई साथ दिने सहमति प्रचण्डले उल्लंघन गर्न खोजेको भन्दै ओलीले बिहिबार मात्र उनीप्रति आक्रामक अभिव्यक्ति दिइसकेका छन् । यसले नै प्रचण्डसँग ओलीको सत्ता गठबन्धन टुट्न लागेको संकेत मिलेको थियो ।

अब राष्ट्रपतिमा नेपाली काँग्रेस वा नेकपा एसकै मुख्य दाबी देखिएको छ । काँग्रेसबाट रामचन्द्र पौडेल र एसबाट माधव नेपाल दाबेदार छन् । अन्य नेता तथा गैरराजनीतिक व्यक्तिहरुको दाबी भएपनि सम्भावना कमजोर बन्दै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);