माओवादीले कांग्रेस, एस र जसपासँग छलफल गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

माओवादीले कांग्रेस, एस र जसपासँग छलफल गर्ने

काठमाडौं, ११ फागुन । राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउन आज नेकपा माओवादी केन्द्रको नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपासँग छलफल गर्ने भएको छ । तीन दलका शीर्ष नेताहरुसँग छट्टुाछट्टुै छलफलपछि आजै साझ पुरानै पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्ने जनाइएको छ ।

नयाँ सरकारको सत्ता गठबन्धनसँगको सहमति छाडेर प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका लागि पुरानै गठबन्धन कायम राख्ने निर्णय गरेका छन् । बुधबार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको छलफलमा पुरानो सत्तागठबन्धन ब्युँताउने सहमति नजिक पुगेको स्रोतले जनाएको छ ।

हिजोको छलफलको आधारमा आज माओवादीले जसपा र एकीकृत समाजवादीसँग छलफल गर्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);