पुरानो गठबन्धन ब्युँतीने सक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

पुरानो गठबन्धन ब्युँतीने सक्ने

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने गरी छलफल अगाडि बढेको छ ।

कांग्रेस, माओवादी र समाजवादीबीच बुधबार भएको छलफलमा पुरानो गठबन्धन ब्युँताउने सहमति भएको बताइएको छ । आज साँझसम्ममा पुरानो गठबन्धन ब्युँताउने सम्बन्धी सम्झौता गर्ने तयारी भएको जनाइएको छ । राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिनेगरी पुरानो गठबन्धन सम्बद्ध पार्टीहरु एक ठाउँमा आउने सहमति भएको बैठकमा सहभागी एक नेताले भने । उनका अनुसार कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाईसँगै ल्याएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको छ ।

त्यसमा सिके राउत नेतृत्वको जनमत, नागरिक उन्मुक्ति पार्टीलाई पनि समेटेर मजबुत गठबन्धन बनाएर जाने कांग्रेस र माओवादीले बैठकबाट निष्कर्ष निकालेको बुझीएको छ । आज दिनभर माधव नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर, सिके राउत लगायतसँग छलफल गरेर बेलुकासम्म सबैजनासंँगै बसेर सम्झौता गरेर टुंग्याइने तयारी भएको छ ।

योसँगै नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । राजनीतिक परिस्थितिमा ठूलो बदलाव नआएमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्यूँताउन भइरहेको प्रयासले आज साँझसम्म ठोस आकार लिने छ । को पहिला प्रधानमन्त्री हुने भन्ने विवादले १० पुसमा पाँचदलीय गठबन्धन टुटेको थियो ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएपछि बनेको नयाँ गठबन्धन दुई महिनामै भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बनेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);