सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक सुरु भएको छ । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न बैठक सुरु भएको हो ।

आजको बैठकले अब बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्ने टुगो लाग्ने जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारका गठनका लागि दिएको पहिलो चरणको समय आज सकिदै छ ।

आज साझ ५ बजेसम्म समयसीमा सकिने भएकोले दलहरु सहमति जुटाउने अन्तिम प्रयासमा लागेका छन् ।

सहमति जुटाउन शीर्ष नेताहरुबीच छलफल हुँदै आएको छ ।

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);