तरलताको अभाव हुदाँ वित्तीय क्षेत्र धरासयी बन्ने अवस्थामा ( भिडियो रिपोर्ट )  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तरलताको अभाव हुदाँ वित्तीय क्षेत्र धरासयी बन्ने अवस्थामा ( भिडियो रिपोर्ट ) 

विद्या तामाङ \ माउण्टेन टिभी एचडि।

काठमाडौँ पौष १०।  सहकार्य, सहअस्तित्व, समानकार्यको अवधारणालाई आत्मसात गर्दै समग्र आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयास नै सहकारी हो । य््द्यपि पछिल्लो समय सहकारीमा देखिएको तरलताको अभावले निक्षेपकतालाई थप संशकित बनाएको छ । कतिपय ग्राहकको निक्षेप भुक्तानी गर्न नसक्दा सहकारी धरासयी बन्ने अवस्थामा पुगेको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सहकारीको ३ देखि ४ प्रतिशत योगदान रहेको आकलन छ । । नेपालमा हाल ३० हजार भन्दा बढी सहकारी संचालनमा छन् ।

पछिल्लो समय सहकारीमाथि लोक कल्याणकारी हितका लागि भन्दा पनि नाफामुखी हुन खोजेको आक्षेप लाग्ने गरेको छ । कोभिडपछि धरासायी बनेको नेपालको अर्थतन्त्रमा कुल बचत पुँजीको ८० प्रतिशत लगानी हुदाँ सहकारीका पनि यसको असर देखिएको सरोकारवालाहरु बताउँछन् । निक्षेपकर्ताको भुक्तानी गर्न नसक्दा सहकारी अहिले समस्यामा परिरहेको र बन्द हुने अवस्था सिर्जना भएको सरोकारवालाहरु स्वीकार गर्छन् ।

लगानी गरेको कर्जा र व्याजदर उठाउन नसक्नु , निक्षेपको मात्र घट्दै जानुले पनि सहकारीप्रति आम बचतकर्ताको विश्वस घट्दै गएको छ। अर्कातिर राज्यको नियमनकारी निकायले सहकारीलाई वेवस्ता गर्दा आफुहरु सधै मारको परेको उनीहरु गुनासो गर्छन् ।

विपन्न वर्गका जनतालाई आर्थिक र सामाजिक रुपमा रुपान्तरण गर्नका लागि सहकारी उपयुक्त माध्यम भएपनि नेपालमा उद्देश्य अनुरुप चल्न सकेका छैनन । बाणिज्य बैंहरुको भन्झटीलो प्रक्रियाका कारण लगानी कर्ताहरु केहीबढी ब्याज तिर्नुपरेपनि सहकारीबाटै ऋण लिन खोज्ने , आफन्त र चिनजानका आधारमा सहज कर्जा प्रवाह गर्ने भएकोले पनि सहकारीहरु जोखिममा परेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);