रामचन्द्र राष्ट्रपति बन्ने! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रामचन्द्र राष्ट्रपति बन्ने!

ramchandra paudel

काठमाडौं । सरकार बनेको दुई महिनामा नेपालमा पुनः राजनीतिक हलचल आएको छ । प्रधानमन्त्रीले पुस १० गते भएको सहमतिलाई वेवास्ता गरेपछि सत्ता गठबन्धन भत्किने संकेत देखिएको हो । राष्ट्रपतिको विषयमा कुरा नमिल्दा सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ ।

शुक्रबार देशभरको तापक्रमसँगै राजनीति सरगर्मी समेत बढेको छ । दुई हप्तायता नेपालमा विदेशी शक्तिको सक्रियता अस्वभाविक रुपमा बढेको छ । सत्तामै रहेको दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको खुलेरै आलोचना गर्न थालेका छन् । साथै, एमाले तत्कालीन नेकपालाई ब्यूताउने कसरतमा लागेको छ । माधव नेपाललाई राष्ट्रपतिमा अघि सारेर नेकपा (एकिकृत समाजवादी)लाई एमालेमा समाहित बनाउने दाउँमा रहेको एमालेको प्रस्ताव प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्विकार गरे ।

आफुलाई कमजोर पार्न एमालले माधवलाई राष्ट्रपतिमा अघि सारेको प्रचण्डको बुझाँइ छ । तर, तत्कालीन गठबन्धन ब्युँतिने अवस्थामा भने नेपाललाई राष्ट्रपति बनाउन प्रचण्ड तयार रहेको बुझिँएको छ । तर, कांग्रेस भने राष्ट्रपति आफैले पाउने पर्ने अडानमा छ ।

उता कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेद्वारको रुपमा अघि सार्ने देखिएको छ । कांग्रेसमा कृष्णप्रसाद सिटौला र शेरबहादुर देउवाको नाम समेत चर्चामा रहेपनि रामचन्द्रलाई राष्ट्रपतिमा अघि सार्नेबारे कांग्रेस भित्र सहमति भइसकेको कांग्रेसका एक नेताले बताए । एमालेको प्रस्ताव प्रचण्डले अस्विकार गरेपछि एमाले पनि कांग्रेससँग सहकार्य गर्न तयार रहेको नेकपा एमालेका महासचिव प्रदिप ज्ञवालीले बोलिसकेका छन् ।

बालुवाटारमा आजै बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा चुनावअघिको पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको छ । राष्ट्रपति उम्मेदवार छान्न बसेको गठबन्धनको बैठकमा पाँच दलीय गठबन्धन ब्युँताउने सहमति बनेको हो ।

गठबन्धनमा जनमत पार्टी र लोसपालाई पनि सहभागि गराउने बताइएको छ । आजको बैठकमा कांग्रेस, माओवादी, जसपा र नेकपा एसका नेताहरू सहभागी थिए ।

यस विषयमा टुङ्गो लगाउन आजै साँझ ५ बजे तत्कालीन गठबन्धनको बैठक पुनः बस्दै छ ।

तत्कालीन गठबन्धन ब्युँतिए कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्ने निश्चित जस्तै देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);