रामचन्द्र राष्ट्रपति बन्ने! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रामचन्द्र राष्ट्रपति बन्ने!

काठमाडौं । सरकार बनेको दुई महिनामा नेपालमा पुनः राजनीतिक हलचल आएको छ । पुस १० गते भएको सहमति कार्यान्वयन नभएपछि सत्ता गठबन्धन भत्किएको हो ।

शुक्रबार देशभरको तापक्रमसँगै राजनीति सरगर्मी समेत बढ्यो । दुई हप्तायता नेपालमा विदेशी शक्तिको सक्रियता अस्वभाविक रुपमा बढेको छ । गठबन्धन भत्किने संकेत बिहिबारको ओलीको अभिव्यक्तिबाटै देखिएको थियो । ओलीले सरकारको खुलेरै आलोचना गरेका थिए ।

माधव नेपाललाई राष्ट्रपतिमा अघि सारेर नेकपा (एकिकृत समाजवादी)लाई एमालेमा समाहित बनाउने दाउँमा रहेको एमालेको प्रस्ताव प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्विकार गरे । आफुलाई कमजोर पार्न एमालले माधवलाई राष्ट्रपतिमा अघि सारेको प्रचण्डको बुझाँइ थियो । तर, तत्कालीन गठबन्धन ब्युँतिने अवस्थामा भने नेपाललाई राष्ट्रपति बनाउन प्रचण्ड तयार रहेका थिए । तर, कांग्रेस भने राष्ट्रपति आफैले पाउने पर्ने अडान राखेको थियो ।

शुक्रवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ८ दलको बैठकले कांग्रेसको उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले बैठकमा राष्ट्रपतिको विषयमा मात्रै छलफल भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले नेपाली काँग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने प्रश्ताव राखेको र सबै ८ दलले सहमति जनाएको बताउनु भयो ।

बैठकमा उपस्थित काँग्रेस सहितिका ८ दलहरुले नेपाली काँग्रेसको उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवारमा सहयोग गर्ने सहमति भएको हो ।

कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेद्वारको रुपमा अघि सार्ने देखिएको छ । कांग्रेसमा कृष्णप्रसाद सिटौलाको नाम समेत चर्चामा रहेपनि रामचन्द्रलाई राष्ट्रपतिमा अघि सार्नेबारे कांग्रेस भित्र सहमति भइसकेको कांग्रेसका एक नेताले बताए ।

आठ दलिय गठबन्धनको यो निर्णय सँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्ने निश्चित जस्तै देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);