ओली-प्रचण्ड मिलाउन चिनियाँ राजदूत चेन सक्रिय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ओली-प्रचण्ड मिलाउन चिनियाँ राजदूत चेन सक्रिय

काठमाडौं, ५ माघ । सत्ता गठबन्धन टुट्ने अवस्था विकास भएपछि चिनियाँ राजदूत सक्रिय भएका छन् । शुक्रवार राजदूत चेन सोङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले ओलीलाई उनकै निवास बालकोटमा भेटेलगत्तै चिनियाँ राजदूत चेन पुगेका थिए । यो भेट राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा भएको हो । अबको एक हप्तापछि राष्ट्रपति चुनावमा मनोनयन दर्ताको मिति छ ।

ओलीले राष्ट्रपतिमा आफूले भनेबमोजिम हुनुपर्ने जिकिर गर्दै आएका छन् । प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्दा ओली नेतृत्वको दल नेकपा एमालेले राष्ट्रपति र सभामुख पाउने सहमति भएको थियो । ओलीले शुक्रवार बालकोट पुगेका प्रचण्डलाई विगतको सहमति अनुसार नै हुनुपर्ने स्पष्ट पारेका थिए ।

ओलीसँगको दुई घण्टा लामो भेटपछि प्रचण्डले गठबन्धन नटुट्ने प्रतिक्रिया दिए । उनी राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठाउँदै आएका छन् । यसले दुवै नेताबीच टकराव बढ्दै गएको छ । दुवै पक्षलाई सहमतिमा ल्याउन चिनियाँ सक्रियता बढेको देखिन्छ ।

विगतमा पनि ओली र प्रचण्डबीच विवाद बढ्दा चिनियाँ पक्षले मिलाउने पहल गरेको थियो । तत्कालीन सीपिएन विभाजित हुनुअघि पनि चिनियाँ अधिकारीहरु ओली र प्रचण्डडलाई सहमतिमा ल्याउन आएका थिए । दुवै कम्युनिस्ट पार्टीका नेताहरुको चीनसँग नजिकको सबन्ध रहँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);