राष्ट्रपतिका लागि प्रचण्ड र ओलीबीच मतभेद बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

राष्ट्रपतिका लागि प्रचण्ड र ओलीबीच मतभेद बढ्यो

काठमाडौं, ७ फागुन । राष्ट्रपतिको चुनाव नजिकिदै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मतभेद बढ्दै गएको छ । दुवैको फरक विचारहरु सार्वजनिक भइरहेबाट मतभेद बढेको देखिदैछ ।

आइतबार प्रचण्डले प्रजातन्त्र दिवसमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै वृहतर राष्ट्रिय सहमतिमा जोड दिए । उनले देशको आवश्यकता नै राष्ट्रिय सहमति भएको उल्लेख गरे । प्रचण्डको संकेत राष्ट्रपतिको विषयतर्फ थियो । यसअघि पनि प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति नै हुने बताएका थिए ।

उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरे । आइतबार विराटनगरमा पत्रकारहरुको प्रश्नमा उनले भने, ‘हामी जसलाई उम्मेदवार बनाउँछौं उही राष्ट्रपति हुन्छ ।’ फागुन १३ गते नाम पनि सार्वजनिक हुने बताए ।

पछिल्लो समय राष्ट्रपतिको विषयले प्रचण्ड र ओलीबीच टकराव बढ्दै गएको छ । ओली प्रचण्डलाई प्रधानमन्त्री बनाउन पौष १० को सहमति सम्झाइरहेका छन् । जस अनुसार प्रचण्डलाई प्रधानमन्त्री र एमाले उम्मेदवारलाई राष्ट्रपति र सभामुख बनाउने जेन्टलमेन्ट एग्रिमेन्ट भएको उल्लेख छ । तर, माओवादी नेताहरु त्यसबारे कुनै जानकारी नभएको बताउन थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);