प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं, १० फागुुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको स्रोतले जनाएको छ ।

एमालेको समर्थनमा नयाँ सरकारको नेतृत्व गर्ने अवसर पाएको नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने अडान लिएसँगै सत्ता गठबन्धनमा खटपट आएको छ । एमालेले भने राष्ट्रपति आफूले पाउनुुपर्ने दाबी छाडेको छैन् । लोसपाले आफ्नो अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको लागि अघि सारेको छ ।

राष्ट्रपति राष्ट्रिय सहमति जुटाउन मंगलबार प्रचण्ड, ओली र आज शेरबहादुर देउवासँग छलफलसमेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);