सहमतिमा महन्थलाई राष्ट्रपति बनाउन लोसपाको कांग्रेसलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सहमतिमा महन्थलाई राष्ट्रपति बनाउन लोसपाको कांग्रेसलाई आग्रह

mahantha thakur

काठमाडौं, १० फागुन । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरुबीच राष्ट्रपति उम्मेदवारको विषयमा छलफल भइरहेको छ । लोसपाको शीर्ष नेताको टोली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पुगेको हो ।

लोसपाले राष्ट्रिय सहमतिय राष्ट्रपतिमा महन्थ ठाकुर उपयुक्त हुने भन्दै ठाकुरको नाम प्रस्ताव गरेकोे छ । लोसपाले अघि सारेको उम्मेदवारलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति कायम गर्न आग्रह गर्दै दुई दलका नेताबीच छलफल भइरहेको स्रोतले जनाएको छ ।

हिजो लोसपाको शीर्ष नेताको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । नेकपा माओवादी केन्द्रले गठबन्धनमा भएको सहमति तोडेर राष्ट्रिय सहमतिमा राष्ट्रपतिको अडान लिएपछि दलहरुबीच भावी राष्ट्रपतिका लागि कसरत चलिरहेको छ । राष्ट्रपतिको चुनाव आगामी फागुन २५ गते हुँदैछ । १३ गते मनोनयन दर्ता हुँदैछ भने आज मतदाता नामावली सार्वजनिक हुँदैछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);